काठमाडौं । कपिलवस्तुमा प्रहरीले बाघको छालासहित एक जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा सादा पोशाकमा खटिएको प्रहरी टोलीले शिवराज नगरपालिका-२ हल्लानगरबाट बुटवल उपमहानगरपालिका-५ गोलपार्कका ४१ वर्षीय विष्णुप्रसा भट्टराईलाई नियन्त्रणमा लिएको हो ।
करुणा रेष्टुरेन्ट एण्ड लजको काउन्टरको बाहिरी बरण्डामा आइतबार साँझ शंकास्पद अवस्थामा उभिएका भट्टराईलाई खानतलासी गर्दा सेतो प्लाष्टिकको बोरामा पाटे बाघको छाला भेटिएको प्रहरीले जनाएको छ ।
उक्त छालाको लम्बाइ ६ फिट रहेको छ । छालासँगै चारवटा दाह्रा, चारै खुट्टाको पंजाका नङ्ग्रा र पनि रहेको प्रहरीले जनाएको छ । छालामा गोली लागे जस्तो देखिने तीन वटा सानो प्वाल रहेको प्रहरीको भनाइ छ ।
प्रहरीले पक्राउ परेका भट्टराईलाई सोमबार डिभिजन वन कार्यालय चन्द्रौटा पठाएको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, १० मंसिर २०८१, १२ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कार्गोमार्फत अमेरिका गहना तस्करीको प्रयास, दुई जना पक्राउ
ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ
१५ वर्ष कैद सजाय तोकिएका फरार कैदी कपिलवस्तुबाट पक्राउ
कैलालीमा ३ किलो चरेससहित ३ जना पक्राउ
नागढुंगा चेकपोस्टमा ७५ ग्राम खैरो हिरोइनसहित दुई भारतीय नागरिक पक्राउ
ब्राउन सुगरसहित दुई जना पक्राउ