काठमाडौं। झापामा प्रहरीले हत्या आरोपमा एक युवकलाई पक्राउ गरेको छ । बाह्रदशी गाउँपालिका-५ फूलबारी बस्ने ४५ वर्षीय गंगालाल माझीको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २६ वर्षीय मानकुमार राजवंशीलाई प्रहरीले शनिबार राति पक्राउ गरेको हो ।
राजवंशीले वादविवादको क्रममा फलामको रड प्रहार गर्दा गम्भीर घाइते भएका माझीको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको थियो ।
घटनाका बारेमा खबर प्राप्त हुनासाथ प्रहरी चौकी फूलबारीबाट खटिएको प्रहरीले मानकुमारलाई पक्राउ गरेको हो ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०२ मंसिर २०८१, १२ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ
कटुवा पेस्तोलसहित युवा पक्राउ
विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
खैरो हेरोइनसहित एक जना ठमेलबाट पक्राउ