काठमाडौं। झापामा प्रहरीले हत्या आरोपमा एक युवकलाई पक्राउ गरेको छ । बाह्रदशी गाउँपालिका-५ फूलबारी बस्ने ४५ वर्षीय गंगालाल माझीको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २६ वर्षीय मानकुमार राजवंशीलाई प्रहरीले शनिबार राति पक्राउ गरेको हो ।
राजवंशीले वादविवादको क्रममा फलामको रड प्रहार गर्दा गम्भीर घाइते भएका माझीको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको थियो ।
घटनाका बारेमा खबर प्राप्त हुनासाथ प्रहरी चौकी फूलबारीबाट खटिएको प्रहरीले मानकुमारलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०२ मंसिर २०८१, १२ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ
लागु औषधसहित सासू र बुहारी पक्राउ
लागु औषधसहित २३ जना पक्राउ
२२ लाख रुपैयाँसहित क्रिप्टो मुद्रा कारोबार गर्ने दुई जना पक्राउ
सर्लाहीमा गाडी तोडफोड र प्रहरीमाथि ढुंगामुढा गर्ने तीन जना पक्राउ
नेपालगन्जमा दुई चिकित्सकसहित पाँच जना पक्राउ