सर्लाही । सर्लाहीको बरहथवाबाट प्रहरीले लागू औषध गाँजासहित दुईजना युवालाई पक्राउ गरेको छ।
बरहथवा नगरपालिका- १६ गंगापुरस्थित बागमती नदी किनारबाट प्रहरी नायव निरीक्षक अमेन्द्र रायको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका- ८ पाँचतले निवासी २९ वर्षीय वाङ दार्जे थिंङ र सर्लाहीको हरिवन नगरपालिका- ४ तीनघरे बस्ने ३० वर्षीय सागर लामा छन्।
उनीहरुको साथबाट ११ किलो गाँजा र बागमती प्रदेश ०२-०२१ प २४४४ नम्बरको मोटरसाइकल पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०१ मंसिर २०८१, ०८ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
३७० किलोग्राम गाँजा बरामद
गाडी र मोटरसाइकलसहित ९२२ किलो गाँजा बरामद
चितवनमा ९५.१६५ केजी गाँजासहित एक जना पक्राउ
गाजामा भएको इजरायली आक्रमणमा सात जनाको मृत्यु
१०९ किलो गाँजासहित भारतीय कार प्रहरीको नियन्त्रणमा
दुई सय केजी गाँजा बरामद