सर्लाही । सर्लाहीको बरहथवाबाट प्रहरीले लागू औषध गाँजासहित दुईजना युवालाई पक्राउ गरेको छ।
बरहथवा नगरपालिका- १६ गंगापुरस्थित बागमती नदी किनारबाट प्रहरी नायव निरीक्षक अमेन्द्र रायको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका- ८ पाँचतले निवासी २९ वर्षीय वाङ दार्जे थिंङ र सर्लाहीको हरिवन नगरपालिका- ४ तीनघरे बस्ने ३० वर्षीय सागर लामा छन्।
उनीहरुको साथबाट ११ किलो गाँजा र बागमती प्रदेश ०२-०२१ प २४४४ नम्बरको मोटरसाइकल पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०१ मंसिर २०८१, ०८ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गाजामा भएको आक्रमणमा सय जनाको मृत्यु
गाजामा कुपोषणका कारण थप ११ जनाको मृत्यु
गाजामा अत्यावश्यक सामग्रीको चरम अभाव, राहत ढुवानीमा ढिलाइ
करिब ४ सय ७० किलो गाँजासहित ट्रक चालक पक्राउ
गाजामा अझै भोकमरी बढ्न सक्ने डब्लुएचओको चेतावनी
गाजामा युद्ध रोक्ने घोषणा गरेको इजरायलतको आक्रमण निरन्तर