काठमाडौं। दाङको तुलसीपुरबाट नक्कली नोटसहित ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा तुलसीपुर उपमहानगरपालिका- १० राइसल्यानका ३० वर्षीय राममणि चौधरी, सोही उपमहानगरपालिका- ८ बस्ने १७ वर्षीय किशोर, सोही उपमहानगरपालिका- ९ दोघरेका १९ वर्षीय धनबहादुर खत्री र शान्तिनगर गाउँपालिका- ४ घर भई हाल तुलसीपुर उपमहानगरपालिका- ९ बेलुवाका १७ वर्षीय किशोर रहेका छन् ।
उनीहरूलाई तुलसीपुर उपमहानगरपालिका- ९ बेलुवाबाट नेपाली एक हजार दरका १२ थान नक्कली नोटसहित बिहीबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० कार्तिक २०८१, १२ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ
लागु औषधसहित सासू र बुहारी पक्राउ
लागु औषधसहित २३ जना पक्राउ
२२ लाख रुपैयाँसहित क्रिप्टो मुद्रा कारोबार गर्ने दुई जना पक्राउ
सर्लाहीमा गाडी तोडफोड र प्रहरीमाथि ढुंगामुढा गर्ने तीन जना पक्राउ
नेपालगन्जमा दुई चिकित्सकसहित पाँच जना पक्राउ