वीरगन्ज । पर्सा प्रहरीले ठूलो परिमाणमा लागु औषध चरेससहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीको टोलीले साढे २२ किलो लागु औषध चरेससहित तीन जनालाई पक्राउ गरेको जानकारी दिएको छ ।
पक्राउ पर्नेहरुमा बारा सिम्रौनगढ–४ हरिहरपुर निवासी मकसुद अन्सारी, सोही ठाँउका रामलाल सहनी र भारत बिहार मोतिहारी ग्राम आदापुर बस्ने मुकेश कुमार रहेका छन्।
प्रहरी नायव उपरीक्षक दीपक भारतीका अनुसार वीरगन्ज महानगरपालिकाको वडा नम्बर–१५ भिष्वा होटल नजिकबाट उनीहरुलाई पक्राउ गरिएको हो । विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय श्रीपुरबाट खटिएको टोलीले बुधबार साँझ उनीहरुलाई पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको छ । उनीहरुमाथि लागु औषधसम्बन्धि कसूरमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान गरिरहेको पर्सा प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ कार्तिक २०८१, १३ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ठगी गरेको अभियोगमा एक जना पक्राउ
नागढुंगाबाट ‘मेड इन यूएसए’ लेखिएको पेस्तोल र ४ राउण्ड गोलीसहित एक जना पक्राउ
विदेश पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने पाँच जना पक्राउ
साढे १८ लाख नगदसहित एक जना पक्राउ
भारतमा नेपाली नक्कली नोट छाप्ने कारखानामा छापा, १० जना पक्राउ
प्रतिबन्धित औषधिसहित एकजना पक्राउ