काठमाडौ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले सामाजिक सञ्जालमार्फत ठगीका उजुरी बढेको भन्दै सचेत रहन आग्रह गरेको छ।
ब्युरोका प्रवक्ता एवं एसपी होबिन्द्र बोगटीले सामाजिक सञ्जालका साथै फोन गरेर बैंकको कर्मचारी भन्दै फोन गरेर गोप्य डाटा मागेर ठगी हुने गरेको पाइएको भन्दै सचेत रहन आग्रह गरेका हुन् ।
‘चिठ्ठा परेको, उपहार आएको, पार्सल आएको लगायतको प्रलोभनमा पारी बैंक तथा वित्तीय संस्थाको अनलाइन पेमेन्ट गेटवेमार्फत रकम ठगी गर्दै आइरहेकोमा हाल आएर विभिन्न बैंक तथा वित्तीय संस्थाको कर्मचारी हुँ। तपाईंको खाता रिन्यु वा अपडेट गर्नुपर्ने छ भनी व्यक्तिगत विवरण माग गर्ने गरेको छ,’ उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
यसरी गोप्य विवरण लिएर ह्याकरले नक्कली वा चोरीको नागरिकताको दुरूपयोग गरी सीम निकालेर र बैंक खाता खोलेर रकम निकाली ठगी गर्ने गरेको सिआइबीले जनाएको छ।
शंकास्पद नम्बरबाट फोन आएमा आफ्नो विवरण नदिन पनि सिआइबीले अनुरोध गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २४ कार्तिक २०८१, ०८ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ २०८३ सालमा बैंक खुल्ने समय र विदाको सूची
बैंकिङ कसुरमा प्रभु बैंकका फाइनान्स विभाग प्रमुख पक्राउ
चितवनमा बैंक खाता खोल्न ३९ ले सिफारिस लिए, २१ जनाले खोले
माघ महिनाका लागि पनि घट्यो बैंकहरूको ब्याजदर, कुनमा कति ?
तरलता व्यवस्थापन गर्न २५ अर्बको ऋणपत्र निष्कासन गर्दै राष्ट्र बैंक