काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रथम महिला सविता पौडेलले आज गाई पूजा गरेका छन् ।
कात्तिक कृष्ण औँसी अर्थात् गाई तिहारका दिन शनिबार देवी लक्ष्मीको प्रतीक स्वरूप गाईको पूजा गर्ने परम्परा रहेको छ । राष्ट्रपति पौडेलले शीतल निवासमा विधिपूर्वक गाईको पूजा गरी गाईलाई खानेकुरा खान दिएका छन् ।
श्रावण शुक्ल पूर्णिमाका दिन हातमा बाँधिएको रक्षा सूत्र(डोरो) गाई तिहारका दिन गाईको पुच्छरमा बाँधिदिने चलन छ । यसो गर्दा मृत्युपछि ‘वैतरणी’ गर्न सहज हुने लोक विश्वास छ । तिहार अर्थात् यमपञ्चकअन्तर्गत आजै गोरु पूजा वा गोवर्धन पर्वतको पूजा गर्ने परम्परा छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १७ कार्तिक २०८१, ११ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘क्रिसमस डे’ले राष्ट्रिय एकतालाई थप मजबुत बनाउने राष्ट्रपतिकाे विश्वास
राष्ट्रपतिसँग चीनका राजदूत छन् सङले गरे बिदाइ भेट
राष्ट्रपतिबाट निर्वाचन सम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिका विज्ञ राजनीतिक सल्लाहकार सुनिल थापाले दिए राजीनामा
सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस
५ देशका राजदूतले राष्ट्रपतिलाई बुझाए ओहोदाको प्रमाणपत्र