एजेन्सी । अल नासर किङ कपबाट बाहिरिएको छ । गएराती सम्पन्न खेलमा अल नासर अल टावोउनसँग राउण्ड १६ को खेलमा १-० गोल अन्तरले पराजित भएपछि प्रतियोगिताबाट बाहिरिएको हो ।
अल टाओउनको जितमा खेलको ७१औं मिनेटमा वालीद अल अहमदले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
यस खेलमा रोनाल्डोले खेलको ९० मिनेटपछिको इन्जुरी समयमा पाएको पेनाल्टी गोल गर्न चुकेपछि अल नासरले खेल बराबरी गर्ने अवसर गुमाएको थियो ।
योसँगै अल नासर किङ कपबाट बाहिरिएको छ । त्यस्तै अल टावोउन भने किङ कपको क्वाटरफाइनलमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, १४ कार्तिक २०८१, १० : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फिफा विश्वकप : रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५-० ले पराजित
कंगोसँग पोर्चुगलको बराबरी: रोनाल्डो गोल गर्न चुके
रोनाल्डोले पहिलोपटक उचाले साउदी प्रो-लिगको उपाधि
साउदी प्रो लिग : अल नासरको लगातार आठौं जितमा रोनाल्डोको कीर्तिमान