काठमाडौँ महानगरपालिकाले करार सेवामा काम गर्नको लागि स्वास्थ्य तर्फका विभिन्न पदमा एकसय आठ जना जनशक्ति माग गरेको छ।
महानगरपालिकाले आज सूचना जारी गर्दै आफू मातहतको स्वास्थ्य विभाग अन्तर्गत रहेका सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रहरुमा करार सेवामा कामकाज गर्नको लागि जनशक्ति माग गरेको हो।
लोकसेवा आयोगबाट सिफारिस वा अन्यत्रबाट स्थायी प्रकृतिको कर्मचारी सरुवा भइ नआएसम्म यस आर्थिक वर्षको असार मसान्तसम्मको लागि कर्मचारी माग गरिएको सूचनामा उल्लेख छ।
महानगरले आठौँ तहको मेडिकल अधिकृत (डाक्टर) पदमा चारजना माग गरेको छ। त्यसैगरी पाँचौँ तहको ल्याब टेक्निसियन २९ जना, फिजियोथेरापी असिस्टेन्ट ३२ जना, स्टाफ नर्स पाँचजना, फार्मेसी सहायक १० जना, रोडियोग्राफर एक, तथ्यांक सहायक एक र कार्यालय सहयोगी २६ जना गरी एकसय आठ जना कर्मचारी माग गरेको हो।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिन सक्नेछन्। अनलाइन प्रणालीमार्फत् पनि दरखास्त दिन सकिने सूचनामा उल्लेख छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ कार्तिक २०८१, ०८ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौं महानगरमा अब ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरमै आधारभुत स्वास्थ्य सेवा
काठमाडौँ महानगरको कार्यवाहक प्रमुखको जिम्मेवारी सुनिता डंगोललाई
काठमाडौं महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डेले दिए राजीनामा
काठमाडौँ महानगर आज ३१ औँ स्थापना दिवस मनाउँदै
अतिक्रमित जग्गा र मापदण्ड विपरीतका संरचना सात दिनभित्र खाली गर्नु : काठमाडौँ महानगर
काठमाडौँ महानगरले २० हजार भन्दा धेरै विद्यार्थीलाई दियो छात्रवृत्ति