काठमाडौं। विपक्षी दलहरूले जनसरोकारका विभिन्न विषयमा सरकारलाई ज्ञापनपत्र बुझाउने भएका छन् । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले डाकेको विपक्षी दलहरूको बैठकले जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराउने समझदारी भएको माओवादी नेता शक्ति बस्नेतले बताए ।
उनका अनुसार पछिल्लो राजनीतिक घटनाक्रम र बाढीपहिरोलगायत विषयमा विभिन्न सुझाव संकलन गरेर सरकारलाई ज्ञापन पत्र बुझाउने समझदारी बनेको हो ।
बाढी पहिरोको पूर्वतयारी, खोज, उद्धार, उपचार र पुन:स्थापनाबारे सरकारले गम्भीरता र जिम्मेवारीका साथ काम नगरेको निष्कर्ष बैठकले निकालेको उनले बताए । ‘जनसरोकारका मुद्दामा सरकारले गम्भीरता देखाएन ।
प्रतिपक्षी पार्टीहरूको तर्फबाट सरकारको ध्यानाकर्षण गराउने र ज्ञापनपत्र पेश गर्ने भन्ने समझदारी भएको छ,' बैठकपछि उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ कार्तिक २०८१, ११ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भृकुटी कागज कारखानाका श्रमिकको पारिश्रमिक माग्दै प्रधानमन्त्री बालेनलाई ज्ञापनपत्र
कवाड व्यवसायीमाथिको ज्यादती बन्द गर्न माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र
धरानका प्रमुख राजनीतिक दलहरूले प्रचण्डलाई बुझाए ज्ञापनपत्र