काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को खेलाडी अक्सन आइतबार हुने भएको छ । अक्सनका लागि १४२ खेलाडी छनौट गरिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार कुल ४२६ खेलाडीले आफ्नो नाम दर्ता गराएकोमा त्यसबाट एनपीएल तयारी समितिले १४२ खेलाडी छनोट गरेर अक्सनमा सहभागी गराउने भएको छ ।
नेपाली फ्रेन्चाइज क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता मंसिर १५ देखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुँदै छ । क्यानले असोज ५ देखि १२ सम्म खेलाडी दर्ताका लागि खुला गरेको थियो । अक्सनका लागि ग्रेड ‘ए’ मा २७, ग्रेड ‘बी’ ३८ र ग्रेड ‘सी’ ७७ खेलाडी रहेका छन् । प्रतियोगितामा कुल ८ टिमको सहभागिता रहनेछ ।
एनपीएलमा सहभागी हुने टिममा सुदूरपश्चिम रोयल्स, काठमान्डु गुर्खाज, चितवन राइनोज, विराटनगर किंग्स, जनकपुर बोल्ट्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र कर्णाली याक्स रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १७ असोज २०८१, १० : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई पुरस्कार वितरण
एनपीएलका लागि काठमाडौंले रिटेन गर्यो ६ खेलाडी
लुम्बिनीले रिटेन गर्यो रोहितसहित ६ खेलाडी
क्रिकेट खेलाडी ऐरीलाई गृहनगरमा सम्मान
खेलाडी बोकेर पोखरा विमानस्थलमा उत्रियो चिनियाँ चार्टर विमान
थप दुई क्रिकेट खेलाडीले तलब पाउने