काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल आज (बिहीबार) सुस्ता जाँदै छन् । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा– ५ मा निर्माण भएको झोलुङ्गे पुल उद्घाटनका लागि उनी त्यसतर्फ जान लागेका हुन् ।
राष्ट्रपति पौडेल दिउँसो २ बजे सुस्तामा पुल उद्घाटन गर्ने कार्यक्रम रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । निर्माण सम्झौता भएको झन्डै दश वर्षपछि झोलुङ्गे पुल बनेको हो ।
पुल निर्माण भएसँगै आफ्नै वडा कार्यालयमा जान पनि भारतको बाटो भएर जानुपर्ने सुस्ताबासीको बाध्यता हटेको छ । नारायणी नदीमा निर्माण भएको एक हजार पाँच सय ५८ मिटर लामो पुल नेपालकै लामो पुल मानिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० असोज २०८१, १० : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
“सक्षम, नैतिक तथा प्रविधिमैत्री कर्मचारीतन्त्रले मात्रै सुशासन दिन सक्छ” : राष्ट्रपति पौडेल
किसानको मुस्कानमा राष्ट्रको खुसी लुकेको हुन्छ : राष्ट्रपति पौडेल
राजनीतिक नेतृत्वको चरित्रमा सुधार आवश्यक : राष्ट्रपति पौडेल
‘हिमाली वातावरणको संरक्षण आजको आवश्यकता हो’ : राष्ट्रपति पौडेल
‘गणतन्त्रमा स्थानीय सरकारको महत्त्व र गरिमा व्यापक’ : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच भेटवार्ता