काठमाडौ । ब्याटिङ लाइनमा लगातार समस्या देखिँदा आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय सिरिजमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले लगातार तेस्रो हार व्यहोरेको छ।
क्याडनसँग भने नेपालले लगातार दोस्रो हार भोगेको छ। आइतबार राति भएको खेलमा नेपाल क्यानडासँग ५ विकेटले पराजित हुँदा हारको शृङ्खलालाई जारी राखेको हो।
सिरिजको पहिलो खेलमा नेपाली टोलीले क्यानडासँग १ सय ३ रनको फराकिलो हार व्यहोरेको थियो। सिरिजको दोस्रो खेलमा भने ओमानसँग नेपाल १ विकेटले पराजित भएको थियो।
नेपालले दिएको १ सय ८२ रनको मध्यम लक्ष्य घरेलु टोलीले ४२ ओभरमा ५ विकेटको क्षतिमा भेटटयो।
क्यानडाका लागि नवनित डालीवालले सर्वाधिक ८७ रनको महत्वपूर्ण योगदान लिए। उनले १ सय १३ बलमा ८ चौका र ४ छक्का प्रहार गरे। पारगत सिंहले ६४ रन थपे। उनले ८३ बलमा ७ चौका र २ छक्का प्रहार गरे।
हर्ष ठाकेरले १३ र कप्तान निकोलस पुरन ११ रनमा अविजित रहे। नेपालका सन्दीप लामिछानेले दुई विकेट लिए। करण केसी, ललित राजवंशी र गुल्सन झाले समान एक एक विकेट लिए।
त्यसअघि क्यानडाको किंग सिटीमा टस जितेर ब्याटिङ गरेको नेपाल ४६.१ ओभरमा १ सय ८१ रन बनाउँदा अलआउट भयो। नेपालका लागि सन्दीप लामिछानेले बनाएको ४९ रन नै सर्वाधिक रह्यो। ४८ बलमा ५ चौका र १ छक्का हानेका लामिछाने अर्धशतक नजिक पुगेर चुके।
क्यानडाविरुद्ध खराब प्रर्दशन गरेको नेपाल एक समय २७.१ ओभरमा ७–८७ को स्थितिमा थियो। आठौँ विकेटका लागि सोमपाल कामी र सन्दीप लामिछानेले ५५ रनको साझेदारी गर्दै नेपालको इनिङ्स उकासेका थिए। सोमपाल २१ रन बनाउँदा साद विन जफरको बलमा बोल्ड आउट भए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ असोज २०८१, ०७ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’को सूचीमा कायमै
थाइल्यान्डसँग पराजित हुँदै नेपाल प्रिमियर कपको क्वार्टरफाइनलबाटै बाहिरियो
एसीसी महिला प्रिमियर कप : थाइल्यान्डले नेपाललाई दियो १३१ रनको चुनौती
ओमानलाई आठ विकेटले हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा
राष्ट्रसंघीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
एसियाली छनोट : समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल