रौतहट । आम जनता पार्टी (आजपा) निकटको आम विद्यार्थी मोर्चाले विद्यार्थीको अनुपातमा शिक्षकको माग गर्दै प्रदर्शन गरेको छ । मधेसमा विद्यार्थीको अनुपातमा शिक्षक नभएको भन्दै मोर्चाले बुधबार गौरमा प्रदर्शन गरेको हो । प्रदर्शनमा विद्यार्थीसहित शिक्षक, अभिभावकका साथै स्थानीयको समेत सहभागिता रहेको थियो ।
विद्यार्थीको अनुपात तहगत र विषयगत शिक्षकको व्यवस्था गर्न सरकारसँग पटक पटक माग गर्दा समेत कुनै सुनुवाइ नगरेपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको विद्यार्थी मोर्चाका अध्यक्ष विवेक साहले बताए । मधेसको शिक्षालाई सरकारले योजनाबद्ध तरिकाले तहसनहस गर्न खोजेको आरोप उनले लगाए ।
सो क्रममा उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री विद्या भट्टराई मधेस विरोधी भएको आरोप समेत लगाए । प्रधानमन्त्री र शिक्षामन्त्रीको विरोधमा नाराबाजी गर्दै उनीहरूले विद्यार्थीको अनुपातमा शिक्षकको व्यवस्था कहिले हुने भन्दै प्रश्न समेत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ असोज २०८१, १४ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आम जनता पार्टीले देशव्यापी भण्डाफोर अभियान सञ्चालन गर्ने
प्रभु साह नेतृत्वको आजपाले जेठ १५ गते सिंहदरवार घेर्ने
आजपाले माग्यो प्रधानमन्त्री ओलीको राजीनामा