काठमाडौ । ट्रेकिङ एजेन्सिस एसोसियसन अफ नेपाल (टान)को निर्वाचनमा पार्टीका उम्मेदवारलाई हराउन भूमिका खेल्ने तीन जनालाई एमालेले कारबाही गरेको छ ।
एमाले निकट नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनले आधिकारिक उम्मेदवारलाई हराउन मुख्य भूमिका खेलेको भन्दै धादिङ जिल्ला कमिटी सदस्य ध्रुव अधिकारी, संगठनका केन्द्रीय सदस्य हरिप्रसाद धरेल र दामोदर ढकाललाई आगामी दुई वर्षसम्म संगठनबाट निष्कासन गरेको जनाएको छ ।
गत भाद्र १७ गते सम्पन्न चुनावमा राजेन्द्रप्रसाद सापकोटा सहितलाई हराउन भूमिका खेलेको आोप उनीहरुमाथि छ ।
उनीहरुले आफ्नो उम्मेदवार हराउन खेलेको भूमिकाका प्रमाणहरु भाषण, भेटघाट र सामाजिक सञ्जालमा प्रयोग गरेका तस्बिरसहितको प्रमाण नेकपा एमाले संगठन विभाग प्रमुख काशीनाथ अधिकारीलाई जानकारीको लागि संगठन विभागमा दर्ता गराइएको छ ।
साथै बागमती प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुंगेल, धादिङ जिल्ला कमिटी, सिन्धुपाल्चोक जिल्ला कमिटी र उद्योग व्यवसायी विशेष जिल्ला कमिटीलाई समेत कारबाहीबारे जानकारी गराइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ असोज २०८१, ०८ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेले बोलायो संसदीय दल र केन्द्रीय सचिवालय बैठक
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)