काठमाडौँ । सभामुख देवराज घिमिरेले आज राष्ट्रिय दलका प्रमुख सचेतकहरुसँग छलफल गर्ने भएका छन् ।
बिहान ११ बजे सिंहदरबारमा हुने छलफलका लागि नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतकलाई आमन्त्रण गरिएको सभामुखको सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।
सभामुखले भदौ २६ गतेको बैठकमा नेकपा एमालेका सांसद योगेश कुमार भट्टराईले भदौ १२ गते प्रतिनिधि सभा बैठकमा प्रयोग गरेको ‘हिंसा’ शब्द हटाउन नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले गरेको नियमापत्तिबारे निर्णय गरेका थिए । निर्णयमा असहमति जनाउँदै माओवादी केन्द्रले संसद् अवरोध गरेको थियो ।
सभामुखले ‘हिंसा’ शब्दबारे दलहरूलाई साझा धारणा बनाउन, सुझाव दिन र निर्क्योल गर्न कार्यव्यवस्था परामर्श समितिको भदौ १८ गतेको बैठकमा वृहत् छलफल गरेका थिए । त्यहाँ पनि सत्ता पक्ष र विपक्षको आ आफ्ना अडानमा रहेका थिए ।
आज प्रतिनिधिसभा बैठक अगाडी यो विषयलाई सहमतिमा टुङ्गोमा पुर्याउने सभामुखको तयारी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३० भदौ २०८१, ०९ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सभामुखको आचरणबारे उठेको विषयमा संसदमा ध्यानाकर्षण
प्रधानमन्त्री आउनुहुन्न भने रक्षामन्त्री खोजेर ल्याइदिनुस्' : सभामुखसँग हर्क साम्पाङको माग
हर्क साम्पाङको प्रश्न- प्रधानमन्त्री आउनुहुन्न भने रक्षामन्त्री खोजेर ल्याइदिनुस्' ?
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधारा चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
विपक्षी दलमाथि सभामुखको असन्तुष्टि: छलफलका लागि बोलाउँदा आएनन्
सभामुख र प्रधानमन्त्रीबीच भेटवार्ता