काठमाडौँ । सङ्घीय संसदअन्तर्गत शुक्रबार तीनवटा समितिको बैठक बस्दै छ । सङ्घीय संसद् सचिवालयका अनुसार आज कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।
बिहान ११ बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा जलस्रोत विधेयक, २०८१ को विषयमा छलफल हुनेछ ।
त्यस्तै, बिहान साढे ११ बजे बस्ने गरी कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बोलाइएको छ । बैठकमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट सम्पादन गर्नुपर्ने कार्यक्रम तथा योजना, कार्यसम्पादनमा रहेका समस्या तथा बजेटलगायत विषयमा समितिले जानकारी लिनेछ । त्यस्तै समस्या समाधानमा आवश्यक सहजीकरण गर्न सकिने विषय र विविध विषयमा छलफल हुनेछ ।
विधायन व्यवस्थापन समितिको बैठक भने दिउँसो १ बजे बस्नेछ । बैठकमा नवीकरणीय ऊर्जा दक्षता सम्बन्धी विधेयक २०८१ माथि दफावार र विविध विषयमा छलफल हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ भदौ २०८१, ०९ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आज पाँच वटा संसदीय समितिको बैठक बस्दै
शिक्षा विधेयकमा छलफल गर्दै संसदीय समिति
चारवटा संसदीय समितिको बैठक बस्दै, के छ कार्यसूची ?
आज चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
निर्माणाधीन संसद भवनको उपलब्धिबारे तीन दिनभित्र जानकारी गराउन सरकारलाई संसदीय समितिको निर्देशन
आज दुई वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची