काठमाडौँ । अमेरिकाका लागि प्रस्तावित नेपाली राजदूत लोकदर्शन रेग्मीले आफू राजदूत नियुक्त भएमा त्यहाँका राष्ट्रपतिलाई नेपाल भ्रमण गराउन पहल गर्ने बताएका छन् ।
बिहीबार संसदीय सुनुवाइ समितिमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै उनले अमेरिकी राष्ट्रपतिको नेपाल भ्रमण गराउन र नेपालको संघीय संसद्लाई सम्बोधन गर्ने कार्यक्रम आयोजना गर्न आवश्यक पहल गर्ने बताएका हुन् ।
सो क्रममा उनले विगतमा अमेरिकी पूर्वउपराष्ट्रपति स्पिरोलगायतले नेपाल भ्रमण गरेको पनि स्मरण गरे । यस्तै उनले नेपालको संघीय संसद् र अमेरिकी कांग्रेसबिच भ्रमणको आदानप्रदानका लागि आवश्यक समन्वय गर्ने पनि प्रतिबद्धता जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २७ भदौ २०८१, १५ : ०६
लेखकबाट थप