रफाह । गाजामा इजरायलले गरेको हवाई हमलामा परेर संयुक्त राष्ट्र संघ (यूएन)का ६ जना कर्मचारीको मृत्यु भएको छ । मध्य गाजामा रहेको आफ्नो विद्यालयमा इजरायली हवाई आक्रमणमा छ जना कर्मचारीको मृत्यु भएको यालेस्टाइनी शरणार्थीहरूको लागि काम गर्ने यूएनको एजेन्सी यूएनआरडब्ल्यूएले भनेको छ ।
अक्टोबरमा इजरायल र हमासबीचको युद्ध सुरु भएयता एउटै घटनामा यति ठूलो संख्यामा आफ्ना कर्मचारीको मृत्यु भएको यो पहिलो पटक भएको यूएनआरडब्ल्यूएले बताएको छ ।
नुसिरात शरणार्थी शिविरमा रहेको अल–जाउनी विद्यालयमा यसअघिको आक्रमणमा कम्तीमा १४ व्यक्तिको मृत्यु भएको अस्पतालका अधिकारीहरू र हमासद्वारा सञ्चालित सिभिल डिफेन्स एजेन्सीले बताएको छ ।
यस शरणार्थी शिविरमा हजारौं विस्थापित प्यालेस्टाइनीहरूले शरण लिइरहेका छन् । इजरायली सेनाले विद्यालय भित्रबाट आक्रमण गर्ने योजना बनाएका चरमपन्थीहरूमाथि सटीक हमला गरेको भनिरहेको छ । आक्रमणका क्रममा सर्वसाधारणलाई नोक्सान नहोस् भनेर सावधानी अपनाएको दाबी उनीहरूले गरेका छन् ।
गाजा युद्ध सुरु भएदेखि गत ११ महिनामा विद्यालयमा पाँचौं पटक आक्रमण भएको युएनआरडब्ल्यूएले भनेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २७ भदौ २०८१, १३ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गाजामा इजरायली सेनाद्वारा ५० प्यालेस्टिनीको हत्या
गाजामा युद्धविराम र बन्धक रिहाइको माग गर्दै इजरायलमा हजारौँ मानिस सडकमा
गाजामा इजरायली सेनाद्वारा ३० प्यालेस्टाइनीको हत्या
गाजामा भएको आक्रमणमा सय जनाको मृत्यु
गाजामा कुपोषणका कारण थप ११ जनाको मृत्यु
गाजामा अत्यावश्यक सामग्रीको चरम अभाव, राहत ढुवानीमा ढिलाइ