काठमाडौँ । माओवादी सशस्त्र द्वन्द्व ‘हिंसा’ थियो कि ‘जनयुद्ध’ भन्ने विवादमा प्रतिनिधिसभा फेरि फस्दा सदनको नियमित कारबाही अवरुद्ध भएको छ ।
अघिल्लो साता सदनमा बोल्ने क्रममा एमाले सांसद योगेश भट्टराईले माओवादी हिंसाका कारण जलविद्युत आयोजनाहरूको काम अघि बढ्न नसकेको भनेपछि माओवादीले आपत्ति जनाएको थियो । त्यसक्रममा भट्टराईले व्यक्त गरेको शब्द संसदको रेकर्डबाट हटाउन माओवादीले माग गरेको थियो । सभामुख देवराज घिमिरेले संसद सचिवालयलाई सो शब्द संसदीय मर्यादाभित्र पर्ने वा नगर्ने छानबिन गर्न निर्देशन दिएका थिए ।
सचिवालयले बुधवार हिंसा शब्द संसदको अभिलेखबाट हटाउन नपर्ने भनेपछि सभामुखले अबदेखि सदनमा बोल्दा र शब्दहरू प्रयोग गर्दा सचेत रहन दुवै पक्षका सांसदलाई रुलिङ गरेका थिए । तर, माओवादी केन्द्रका सांसदहरूले सभामुखको रुलिङ अस्वीकार गरेपछि सदनको कारबाही अघि बढ्न सकेन ।
दुवै पक्षका सांसदहरूबीच आरोप(प्रत्यारोप चलेपछि सभामुखले सदनको कारबाही अघि बढ्न नसक्ने भन्दै भदौ ३० गतेसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २६ भदौ २०८१, १५ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेले आज एकैपटक देशभरका पार्टी कमिटीलाई ११औँ महाधिवेशनको सन्देश प्रवाह गर्दै
ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणी- मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने होइन, कानूनअनुसार हुन्छ
एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने
एमाले केन्द्रीय कमिटीको पहिलो बैठक सुरु
विद्या भण्डारीलाई एमाले इन्ट्री ‘झन्’ सकस !
एमाले महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित : जेनजीका माग पूरा गर्ने प्रतिबद्धता