काठमाडौँ । माओवादी सशस्त्र द्वन्द्व ‘हिंसा’ थियो कि ‘जनयुद्ध’ भन्ने विवादमा प्रतिनिधिसभा फेरि फस्दा सदनको नियमित कारबाही अवरुद्ध भएको छ ।
अघिल्लो साता सदनमा बोल्ने क्रममा एमाले सांसद योगेश भट्टराईले माओवादी हिंसाका कारण जलविद्युत आयोजनाहरूको काम अघि बढ्न नसकेको भनेपछि माओवादीले आपत्ति जनाएको थियो । त्यसक्रममा भट्टराईले व्यक्त गरेको शब्द संसदको रेकर्डबाट हटाउन माओवादीले माग गरेको थियो । सभामुख देवराज घिमिरेले संसद सचिवालयलाई सो शब्द संसदीय मर्यादाभित्र पर्ने वा नगर्ने छानबिन गर्न निर्देशन दिएका थिए ।
सचिवालयले बुधवार हिंसा शब्द संसदको अभिलेखबाट हटाउन नपर्ने भनेपछि सभामुखले अबदेखि सदनमा बोल्दा र शब्दहरू प्रयोग गर्दा सचेत रहन दुवै पक्षका सांसदलाई रुलिङ गरेका थिए । तर, माओवादी केन्द्रका सांसदहरूले सभामुखको रुलिङ अस्वीकार गरेपछि सदनको कारबाही अघि बढ्न सकेन ।
दुवै पक्षका सांसदहरूबीच आरोप(प्रत्यारोप चलेपछि सभामुखले सदनको कारबाही अघि बढ्न नसक्ने भन्दै भदौ ३० गतेसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २६ भदौ २०८१, १५ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेले बोलायो संसदीय दल र केन्द्रीय सचिवालय बैठक
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)