विराटनगर । कोशी प्रदेश सभाको बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र)ले सरकारले दिने भनेको कडा रोग लागेका बिरामीलाई दिने उपचार सहायता रकम उपलब्ध गराउन माग गरेको छ ।
कोशी प्रदेश सभामा विशेष समय लिएर बोल्दै माओवादी केन्द्रका सांसद बाबुराम गौतमले र शून्य समय लिएर बोलेका गोम्बु शेर्पाले यस्तो माग गरेका हुन् । गौतमले बाढीपहिरो पीडितलाई राहत दिनुपर्ने, उनीहरुको पुनर्स्थापना र भौतिक संरचना निर्माणमा सरकारको ध्यानाकर्षण गराए ।
विशेष समय लिएर बोल्दै नेकपा एकीकृत समाजवादीकी सांसद खिनु लङ्वा लिम्बूले पाथीभरामा केबल कार निर्माण हुन लागेको भन्दै विरोध गरिन् । त्यहाँ केबलकार निर्माण गर्दा धेरैको रोजगारी खोसिने र सांस्कृतिक पक्ष कमजोर हुने उनले बताइन् ।
नेकपा एमालेका सांसद रमेश बस्नेतले सर्दु जलाधार क्षेत्रको ४०७ बिगाहा जमिनको मुआब्जा नदिएको र त्यसको बहानामा करिब २५ सय घर परिवार पीडित बनेको बताउँदै रोक्का राखिएका जग्गा फुकाउन जरुरी भएको बताए । ‘२१ वर्षदेखि ४ सय बिगाहाभन्दा बढी निजी सम्पत्ति बेचबिखन गर्न, धितो राख्नबाट पनि वञ्चित भएका छन्,’ बस्नेतले भने, ‘यो व्यक्तिगत सम्पत्तिको हकका विरुद्धमा छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २५ भदौ २०८१, १६ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी केन्द्रका सचिव गणेश साहले गरे पार्टी त्यागेको घोषणा
माओवादीभित्र जेनजी रेड टास्क फोर्स गठन, ‘प्रचण्ड’लाई थप एक कार्यकाल अध्यक्ष बनाउने
संसद् विघटनप्रति गम्भीर असहमति छ : माओवादी केन्द्र
माओवादी केन्द्रले शनिबारदेखि मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु गर्दै
माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु
माओवादी केन्द्रले आफ्नै उम्मेदवार उठाउने