विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले घोषणा गरेको आमरण अनसन स्थललाई जिल्ला प्रशासन कार्यालय मोरङले निषेधित क्षेत्र घोषणा गरेपनि आफू उक्त क्षेत्र बाहिरै अनसन बस्ने बताएका छन् ।
कार्कीले विराटनगरको देवकोटाचोकस्थित प्रदेशसभा भवन अगाडिको सडकमा मंगलबार दिउँसो ४ बजेदेखि अनसन बस्ने घोषणा गरेका थिए । जिल्ला प्रशासन कार्यालय मोरङले मंगलबार एक सूचना जारी गर्दै उक्त क्षेत्रलाई निषेधित क्षेत्र तोकेको हो । ‘निषेधित क्षेत्र बाहिरै अनसन बसुम्ला नि के फरक पर्छ र ?,’ कार्कीले भने ।
जिल्ला प्रशासन कार्यालय मोरङले भने विराटनगरलाई केन्द्रविन्दु बनाई हुनसक्ने अनसन लगायत विरोधका कार्यक्रमलाई मध्यनजर राखी प्रदेश सभाबाट पूर्वमा देवकोटा चोकदेखि पश्चिममा कोशी अस्पतालको चोक क्षेत्र, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रोडशेष चोकदेखि दक्षिण जतुवा चोक क्षेत्र, मुख्यमन्त्री निवास वरिपरि ३०० मिटर क्षेत्र, प्रदेश प्रमुखको कार्यालय तथा निवास वरिपरि ३०० मिटर क्षेत्र र जिल्ला प्रशासन कार्यालय, मोरङ डाँफे चोकदेखि पूर्वसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २५ भदौ २०८१, १६ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वमुख्यमन्त्री कार्की बसे आमरण अनशनमा