कृषि क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्डको रूपमा लिएका छौँ : उपराष्ट्रपति यादव

सफल खबर संवाददाता

मंगलबार, २५ भदौ २०८१, १२ : १२
कृषि क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्डको रूपमा लिएका छौँ : उपराष्ट्रपति यादव

काठमाडौँ। उपराष्ट्रपति  रामसहाय प्रसाद यादवले कृषि क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्डको रूपमा लिएको बताएका छन् । आज काठमाडौँमा आयोजना भएको नेपाल फुड फोरम २०२४ मा बोल्दै यादवले कृषि क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्डको रूपमा लिएको बताएका हुन् ।

कृषि खाद्य प्रणालीमा नाफा मात्र नभएर सामाजिक रूपान्तरमा समेत जोड दिन आवश्यक रहेको बताए । यस्तै सो फोरममा बोल्दै कृषि क्षेत्रका युवालाई आकर्षण गर्नु पर्नेमा जोड दिए । 'युवाहरूलाई कृषिमा संलग्न गर्ने सरकारले काम गर्ने छ ।' उनले भने, 'कृषि क्षेत्रलाई अनुकूल वातावरण सृजना गर्न आवश्यक छ।'

किसानले आधुनिक प्राविधिक प्रयोग गरेका दाबी गरे ।  सो बाट किसानले लाभ लिएको बताए । 'हामीले उपलब्धि पनि हासिल गरेका गरेका छन्,' उनले भने । आज एक दिने फोरममा विभिन्न लगानी घोषण भएको छ ।

प्रतिक्रिया दिनुहोस