काठमाडौं। नेपाली कांग्रेसले पारा ओलम्पिकमा पदक जित्ने खेलाडी पलेशा गोवर्धनलाई ५ लाख रुपैयाँसहित सम्मान गरेको छ ।
केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा पेरिसमा भएको पारा ओलम्पिकमा तेक्वान्दोमा ऐतिहासिक कास्य पदक जितेकी पलेशालाई कांग्रेस सभापति शेरबहादुर देउवाले ५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा प्रशिक्षक कविराज नेगी लामालाई कांग्रेसले १ लाख ५० हजार रुपैयाँसहित सम्मान गरेको छ ।नेपालले ओलम्पिक खेलकुदमा पहिलोपटक पदक जितेको हो ।
पलेशालाई सरकारले ६५ लाख रुपैयाँ नगद पुरस्कार दिने घोषणा गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २३ भदौ २०८१, १६ : ०२
लेखकबाट थप