काठमाडौं। नेपाल राष्ट्रबैंकले बजारबाट एकैदिन एक खर्ब रुपैयाँ तान्न लागेको छ । बैंक तथा वित्तीय संस्थाहरूसँग भएको अधिक तरलता व्यवस्थापन गर्न राष्ट्रबैंकले निक्षेप सङ्कलन उपकरणमार्फत बजारबाट १०० अर्ब रुपैयाँ तान्न लगेको हो ।
यही १९ भदाै गते मात्रै राष्ट्रबैंकले निक्षेप सङ्कलन उपकरणमार्फत बजारबाट ४० अर्ब तानेको थियो । जसको एकहप्ता नबित्दै उसले पुन १०० अर्ब रुपैयाँ तान्न लगेको हो ।
राष्ट्रबैंकले जारी गरेको २१ दिने निक्षेप सङ्कलन उपकरणका लागि आइतवार नै बोलकबोल हुनेछ ।आइतवार ३ बजेसम्म अनलाइनमार्फत् हुने बोलकबोलमा बैंक तथा वित्तीय संस्थाहरूले घटीमा १० र बढीमा ५ करोड रुपैयाँले निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन गर्न सक्नेछन् ।
राष्ट्रबैंकको पछिल्लो विवरणअनुसार बैंक तथा वित्तीय संस्थाहरूसँग ६४ खर्ब ६९ अर्ब रुपैयाँ निक्षेप रहेको छ । जसमध्ये ५१ खर्ब ९९ अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरूले लगानी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २३ भदौ २०८१, १२ : ४७
लेखकबाट थप