मोरङ । मोरङ प्रहरीले अनलाइन सट्टेवाजमा संलग्न दुई युवकलाई पक्राउ गरेको छ । शनिबार जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका १२ बस्ने २० वर्षीय उत्सव अर्याल र १८ वर्षीय उत्कृष्ट अर्याललाई पक्राउ गरेको हो ।
उनीहरुले विभिन्न अनलाइन एप्समार्फत अनलाइन सट्टेवाजसम्बन्धी गैरकानुनी क्रियाकलाप गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका युवकहरुको कोठाबाट १ थान कम्प्युटर सीपीयु, १ थान राउटर, २ थान मोबाइल समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुमाथि मुलुकी अपराध संहिता २०७४ बमोजिम सट्टेबाजी गर्न नहुने कसुरमा जिल्ला अदालत मोरङबाट म्याद थप गरी आवश्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २२ भदौ २०८१, १६ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विदेश पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने पाँच जना पक्राउ
साढे १८ लाख नगदसहित एक जना पक्राउ
भारतमा नेपाली नक्कली नोट छाप्ने कारखानामा छापा, १० जना पक्राउ
प्रतिबन्धित औषधिसहित एकजना पक्राउ
डकैती मुद्दाका अभियुक्त २१ वर्षपछि पक्राउ
दुर्गा प्रसाईँ पक्राउ