काठमाडौ । पाराओलम्पिक खेलकुदमा नेपाललाई पहिलोपटक पदक दिलाउने पलेशा गोवर्धनलाई पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्मान गरेका छन्।
आफ्नो निवास खुमलटारमा प्रचण्डले पलेशासहित कोच, व्यवस्थापक र पलेसाका बुवालाई सम्मान गरेका हुन्।
पलेशाले पेरिसमा भएको पाराओलम्पिकमा महिला के–४४ विधाअन्तर्गत महिला ५७ केजी तौल समूहमा काँस्य पदक जितेकी थिइन्। जुन नेपाली खेलकुद इतिहासकै सबैभन्दा ठूलो पदक हो।
पलेसालाई ६५ लाख पुरस्कार सहित सम्मान गर्ने सरकारले जनाएको छ।
राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ मा समर ओलम्पिक्स, विन्टर ओलम्पिक्स, पारालिम्पिक्स, विशेष ओलम्पिक्स र विश्वकप फुटबलमा व्यक्तिगततर्फ स्वर्ण पदक जित्नेलाई १ करोड ३० लाख, रजत पदक जित्नेलाई ९७ लाख र कास्य पदक जित्नेलाई ६५ लाख रुपैयाँ पुरस्कार दिने व्यवस्था छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २१ भदौ २०८१, ११ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपसभामुखमा हाम्रो दाबी रहन्छ : प्रचण्ड
६ महिनाभित्र महाधिवेशन गर्ने प्रचण्डको प्रस्ताव
थोरै सीट आए पनि हाम्रो मुद्दाले जित्योः प्रचण्ड
‘निर्वाचन परिणामभन्दा मुद्दाको जित महत्वपूर्ण’ : ‘प्रचण्ड’
ओली प्रकरणमा निष्पक्ष अनुसन्धान आवश्यक: प्रचण्ड
प्रचण्ड नेकपाकाे संसदीय दलको नेता चयन