सुर्खेत । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले एमालेलाई बलियो र राष्ट्रिय शक्ति बनाउन लागिरहेको बताएका छन् । लोकतन्त्रलाई सुदृढ गर्न निकै आवश्यक भएको बताउँदै त्यसका लागि बलियो शक्ति आवश्यक भएकाले ०८४ मा एमाले मुलुककै बलियो शक्तिका रूपमा स्थापित हुने उनको भनाइ छ ।
बिहीबार सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै पोखरेलले युवाहरूमा निकै निराशावाद पलाएको र ती युवालाई तत्कालै राज्यले रोजगारी दिने अवस्था नरहेको बताए । तर त्यसका लागि सरकारले काम गर्नुपर्ने र निराशालाई चिर्न राज्य तयार हुनुपर्ने बताए ।उनले एमाले–कांग्रेसको सरकार बनेपछि राजश्व वृद्ध हुन थालेको दाबी गरे ।
साथै उनले नेपालको मौलिक संस्कृतिमाथि अतिक्रमण गर्ने काम भइरहेको बताए । ‘त्यो अतिवादी दृष्टिकोणबाट भइरहेको छ,’उनले भने । साथै उनले प्रतिपक्ष दलका नेता पुष्पकमल दाहाल प्रचण्डको असंसदीय राजनीतिका कारण संसदभित्र किचलो भएको बताए ।
‘प्रतिपक्ष दलको नेताले श्रीलङ्का र बङ्गलादेशको उदाहरण दिन हुन्थेन,’उनले भने, ‘त्यो लोकतान्त्रिक हुन सक्दैन ।’काठमाडौँका मेयर बालेन साह र प्रधानमन्त्री केपी शर्मा ओलीबिच भएको टकरावलाई लिएर पोखरेलले बालेनले प्रधानमन्त्रीसँग उक्त विषय जोड्न आवश्यक नभएको बताए ।
बालेनले लगाएको आरोपबारे सम्बन्धित निकायले पुष्टि गर्ने भएकाले खासै बोल्न आवश्यक नरहेको उनको भनाइ थियो । एमाले कर्णाली प्रदेश अध्यक्ष गुलाबजंग शाहबारे एक महिलाले लगाएको आरोपबारे त्यो कथा बुनिएको बताए । उनले भने, ‘त्यो अनुचित भएको हो, स्वयम् ती महिलाले मलाई भेटेर मैले त्यसो भनेको हैन भनेर भनेको छन्, त्यो कथा बनाउन जरुरी छैन ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २० भदौ २०८१, १२ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मदन भण्डारीको विचारलाई जनजनमा लैजानुपर्छ : महासचिव पोखरेल
मुलुकको समृद्धिका लागि राजनीतिक स्थिरता आवश्यक : महासचिव पोखरेल
कर्णाली प्रदेश सरकारको नेतृत्व एमाले गर्न पाउनुपर्छ : महासचिव पोखरेल
नेपालले बिआरआईबाट लाभ लिन सक्ने प्रशस्त सम्भावना छन्: महासचिव पोखरेल
नेम्वाङको निधन अपत्यारिलो र आकस्मिक : महासचिव पोखरेल