रोटरी क्लबले दियो सुखारी माझीलाई ह्विलचेयर

सफल खबर संवाददाता

मंगलबार, २३ असोज २०७५, १७ : १२
रोटरी क्लबले दियो सुखारी माझीलाई ह्विलचेयर

चितवन । नारायणगढ रोटरी क्लबले आज एक कार्यक्रमकाबीच रोटरी मुसहर नमुना गाउँ, सौराहाका ३५ वर्षीय सुखारी माझीलाई एकथान ह्विलचेयर रोटरी डिष्ट्रिक्ट ३२९२ का पूर्व एसिस्टेन्ट गभर्नर राजेन्द्रबहादुर श्रेष्ठज्यूको उपस्थितीमा क्लवका अध्यक्ष रमेश पौडेलले वितरण गर्नुभयो । गोविन्द मुसहर लामो समयदेखि विरामी रहेको र हिँडडुल गर्ने अवस्था नरहेकोले उहाँको स्याहार सुसारमा मद्दत पुगोस् भन्ने हेतुले ह्विलचेयर प्रदान गरिएको क्लबका पूर्व अध्यक्ष एवम् जोन २४ का वर्तमान एसिस्टेन्ट गभर्नर रोटरियन रमेश श्रेष्ठले बताउनु भयो ।
त्यसै गरी आजै अर्को एक कार्यक्रममा नारायणगढ रोटरी क्लबले स्थापना गरेको दोस्रो रोटरी सामुदायिक गाउँ, खेतबारीमा अवस्थित श्री राष्ट्रिय आधारभूत प्राथमिक विद्यालयका शिक्षक मुना आले मगरलाई मोन्टेश्वरी तालिमका लागि भरतपुरमा रहेको पश्चिमाञ्चल मोन्टेश्वरी तालिम केन्द्रमा क्लबका संस्थापक अध्यक्ष रोटरियन निरञ्जन प्रधानले तालिम वापत लाग्ने पन्ध्रहजार पाँचसय रुपैयाँको चेक हस्तान्तरण गर्नुभयो । निज मगरले उक्त तालिम केन्द्रबाट साँढे तीन महिना मोन्टेश्वरी सम्बन्धी तालिम लिनुहुनेछ र उक्त तालिमबाट प्राप्त शीप विद्यालयका सा–साना बालबालिकाहरूको बौद्धिक विकासका लागि उपयुक्त हुने क्लबका अध्यक्ष रोटरियन रमेश पौडेलले बताए । 
कार्यक्रममा क्लबका पूर्व अध्यक्षहरू रोहितकुमार श्रेष्ठ, विज्ञानलाल श्रेष्ठ, निवर्तमान अध्यक्ष नारायण प्रधान, सचिव इन्द्र रेग्मी, सर्जेन्ट एट आर्मस् राजाराम सिटौला लगायतको उपस्थिती रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस