ट्र्याक्टर दुर्घटना हुँदा दुई  जनाको मृत्युु

मंगलबार, २३ असोज २०७५, १७ : ०४
ट्र्याक्टर दुर्घटना हुँदा दुई  जनाको मृत्युु

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका – २ बर्दगोरियामा ट्र्याक्टर दुर्घटना हुँदा आज घटनास्थलमै दुई जनाको मृत्युु भएको छ भने एक घाइते भएका छन् । 

ढुङ्गा बोकेर फल्लेबिसौनाबाट मुडातर्फ आइरहेको से १ त ३९६९ नं को ट्र्याक्टर ब्रेकले काम नगरेपछि दुर्घटना हुँदा ाबर्दगोरिया–१ का ३५ वर्षीय डागु चौधरी र ४० वर्षीय सुरज कठरियाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते सोही स्थानका २० वर्षीय भीम कठरियाको अवस्था सामान्य रहेको बताइएको छ । (रासस) 

प्रतिक्रिया दिनुहोस