काठमाडौं। काठमाडौं महानगरले फ्रान्सको राजधानी पेरिसमा जारी पारालिम्पिक २०२४ मा इतिहास रच्दै कांस्य पदक दिलाउन सफल पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।
बुधवार महानगरका मेयर (प्रमुख) बालेन शाह र उपमेयर (उपप्रमुख) सुनिता डङ्गोलले तेक्वान्दो खेलाडी पलेशालाई नगद पाँच लाख रुपैयाँ पुरस्कारसहित सम्मान गरेका हुन्।त्यस्तै पलेशाका प्रशिक्षक कविराज नेगीलाई पनि महानगरले नगदसहित सम्मान गरेको छ । उनलाई महानगरले ३ लाख नगदसहित सम्मान गरेको हो ।
पारालिम्पिक्समा पदक जितेकी तेक्वान्दो खेलाडी पलेशा बुधवार नेपाल आइपुगेकी हुन् । ऐतिहासिक पदक लिएर स्वदेश फर्किएकी उनलाई बुधवार काठमाडौंमा 'नगर परिक्रमा' गराइएको थियो ।
पारालिम्पिक्समा के ४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनिमा प्रतिस्पर्धा गरेकी पलेशाले कास्य जितेकी थिइन् । यो नै नेपाली खेलाडीले ओलम्पिकमा जितेको पहिलो पदक हो ।पलेशाले सर्वियाकी मारिया मिसेभलाई १५–८ ले पराजित गर्दै कास्य पदक जितेकी हुन् । पलेशाले पारा एसियाली खेलकुदमा पनि कास्य जितेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १९ भदौ २०८१, १४ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौं महानगरमा अब ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरमै आधारभुत स्वास्थ्य सेवा
काठमाडौँ महानगरको कार्यवाहक प्रमुखको जिम्मेवारी सुनिता डंगोललाई
काठमाडौं महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डेले दिए राजीनामा
काठमाडौँ महानगर आज ३१ औँ स्थापना दिवस मनाउँदै
अतिक्रमित जग्गा र मापदण्ड विपरीतका संरचना सात दिनभित्र खाली गर्नु : काठमाडौँ महानगर
काठमाडौँ महानगरले २० हजार भन्दा धेरै विद्यार्थीलाई दियो छात्रवृत्ति