एजेन्सी । इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनल ब्राइटनसँग बराबरीमा रोकिएको छ । शनिबार सम्पन्न खेलमा आर्सनल ब्राइटनसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
आर्सनलले खेलको ३८औँ मिनेटमा काइ हाभेर्टजले गरेको गोलबाट शुरुवाती अग्रता लिएको थियो भने ब्राइटनका लागि खेलको ५८औं मिनेटमा जोआओ पेड्रोले बराबरी गोल गरेका थिए ।
यस खेलमा खेलको ४९औं मिनेटमा आर्सनलका डेक्लान राइसले दोहोरो पहेलो कार्ड पाएपछि रातो कार्ड पाउदै मैदान छोडेपछि १० खेलाडीमा सिमित भएको थियो ।
यो बराबरीपछि आर्सनलको ३ खेलमा ७ अंक भएको छ भने ब्राइटनको पनि ३ खेलमा ७ अंक रहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ भदौ २०८१, ०७ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आर्सनल दुई दशकपछि च्याम्पियन्स लिगको फाइनलमा
रोमाञ्चक खेलमा चेल्सीविरुद्ध आर्सनलको जित
प्रिमियर लिगः बर्नमाउथविरुद्ध आर्सनलको कमब्याक जित
आर्सनल शीर्ष स्थानमा फर्किंदा दोस्रोमा झर्यो सिटी
आर्सनललाई हराउँदै पीएसजी च्याम्पियन्स लिगको फाइनलमा