नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा ८ महिना अघि अनावरण गरेको मूर्ति ढलेको छ । सन् २०२३ को डिसेम्बर ४ मा नौसेना दिवसको अवसरमा मोदीले महाराष्ट्रको सिंधुदुर्ग जिल्लाको राजकोट किलामा छत्रपति शिवाजी महाराजको मूर्तिको उद्घाटन गरेका थिए ।
सोमबार दिउँसो १ बजेतिर ३५ फूटको सो मूर्ति ढलेको बताइएको छ । भारतीय नौसेनाले बनाएको सो मूर्ति मुसलधारे वर्षा र हुरीका कारण ढलेको बताइएको छ । सिंधुदुर्ग जिल्लामा गएको दुई–तीन दिनयता मुसधारे वर्षा भइरहेको थियो । छिट्टै सो मूर्तिको ठाउँमा नयाँ मूर्ति बनाइने महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिंदेले बताएका छन् ।
नौंसेना दिवसको अवसरमा सो मूर्ति बहादुरीलाई सलामको रुपमा स्थापना गरिएको थियो । मूर्ति ढलेपछि प्रतिपक्षका नेताहरूले मूर्तिको गुणस्तर र उद्घाटन गर्न हतार देखाएको आरोप लगाएका छन् । मूर्ति ढल्नुको कारण अहिलेसम्म स्पष्ट भएको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ११ भदौ २०८१, १० : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तेस्रो पटक साउदी पुगे भारतीय प्रधानमन्त्री मोदी
भारतीय प्रधानमन्त्री मोदी साउदी अरब भ्रमणमा जाँदै
श्रीलंकामा मोदीले गरे रेलवे स्टेशनको उद्घाटन
हसिनालाई बंगलादेश सुपुर्दगी गर्न मोदीलाई युनुसको आग्रह
भावी पुस्ताका लागि पानीको रक्षा गरौं : प्रधानमन्त्री मोदी
आगामी महिना श्रीलङ्का जाँदैछन् मोदी ?