गाजा । इजरायलले गाजामा गरेको आक्रमणमा परेर आज बिहान १२ जना प्यालेस्टिनीहरूको मृत्यु भएको छ । खान युनिस र देयर एल–बलाह क्षेत्रमा इजरायली सेनाले हमासका लडाकुहरूलाई निशाना बनाएर आक्रमण गर्दा १२ जनाको मृत्यु भएको हो ।
सो आक्रमणमा १२ जनाको मृत्यु भएको मेडिकल स्रोतलाई उद्धृत गर्दै अल जजिरा अरेबिकले समाचार लेखेको छ । अधिकांश मृत्यु खान युनिस, नुसररत र देयर एल–बलाह क्षेत्रमा भएको बताइएको छ ।
मृत्युको पुष्टि प्यालेस्टिनी शरणार्थीको लागि संयुक्त राष्ट्रसंघ (यूएन)को एजेन्सीले पनि गरेको छ । बिहीबार पनि गाजामा इजरायली सेनाले गरेको आक्रमणमा परेर ४० जनाको मृत्यु भएको थियो ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०७ भदौ २०८१, १६ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुई सय १३ किलोग्राम गाँजा बरामद
लालबन्दीबाट ३८ केजी गाँजासहित एक जना पक्राउ
२ सय ६८ किलो गाँजा बरामद
इजरायली आक्रमणमा गाजामा २० जनाको मृत्यु
सात किलो गाँजासहित तीन भारतीय नागरिक पक्राउ
गाजाको राफा नाका आजदेखि खोलिने, छ सय सहायता सवारी प्रवेश गर्ने तयारी