गाजा । इजरायलले गाजामा गरेको आक्रमणमा परेर आज बिहान १२ जना प्यालेस्टिनीहरूको मृत्यु भएको छ । खान युनिस र देयर एल–बलाह क्षेत्रमा इजरायली सेनाले हमासका लडाकुहरूलाई निशाना बनाएर आक्रमण गर्दा १२ जनाको मृत्यु भएको हो ।
सो आक्रमणमा १२ जनाको मृत्यु भएको मेडिकल स्रोतलाई उद्धृत गर्दै अल जजिरा अरेबिकले समाचार लेखेको छ । अधिकांश मृत्यु खान युनिस, नुसररत र देयर एल–बलाह क्षेत्रमा भएको बताइएको छ ।
मृत्युको पुष्टि प्यालेस्टिनी शरणार्थीको लागि संयुक्त राष्ट्रसंघ (यूएन)को एजेन्सीले पनि गरेको छ । बिहीबार पनि गाजामा इजरायली सेनाले गरेको आक्रमणमा परेर ४० जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०७ भदौ २०८१, १६ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
३७० किलोग्राम गाँजा बरामद
गाडी र मोटरसाइकलसहित ९२२ किलो गाँजा बरामद
चितवनमा ९५.१६५ केजी गाँजासहित एक जना पक्राउ
गाजामा भएको इजरायली आक्रमणमा सात जनाको मृत्यु
१०९ किलो गाँजासहित भारतीय कार प्रहरीको नियन्त्रणमा
दुई सय केजी गाँजा बरामद