एपीएफ कमाण्ड तथा स्टाफ कोर्षको तालिम सुरु

सफल खबर संवाददाता

आइतबार, २१ असोज २०७५, १९ : ३९
एपीएफ कमाण्ड तथा स्टाफ कोर्षको तालिम सुरु

काठमाडौँ । सशस्त्र प्रहरी बलको चौथो समुहको एपीएफ कमाण्ड तथा स्टाफ कोर्षको तालिम सुरु भएको छ । सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालय हल्चोकमा सुरु भएको तालिमको उद्घाटन गर्दै साशस्त्र प्रहरी महानिरीक्ष शैलेन्द्र खनालले एपीएफलाई ब्यावसायिक क्षमता र योग्यतामा अभिवृद्धि गर्न महत्वपुण सहयोग हुने बताउनु भयो । कोर्षबाट नेतृत्व विकास, व्यावसायिक कार्यकुशलता, फौजको परिचालन र भविष्यमा आउन सक्ने सुरक्षा चुनौतिको सामना गर्न कोर्षले सहयोग गर्ने बताउनुभयो । ज्ञान, सिप तथा व्यावसायिक क्षमताका लागि यस्ता कोर्ष निरन्तर भईरहनु पर्ने महानिरीक्षक खनालले जोड दिनुभयो । १८ महिना हुने कोर्षका लागि १२ जना सशस्त्र प्रहरी नायव उपरीक्षकहरुको सहभाती रहेको छ । 

प्रतिक्रिया दिनुहोस