नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट

सफल खबर संवाददाता

आइतबार, २१ असोज २०७५, १९ : २६
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट

काठमाडौँ । बडिमालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत त्रिलोक चन्दमाथि अज्ञात समूहले कुटपिट गरेको छ । 
चन्दलाई अज्ञात समुहले ढोका फोडेर आक्रमण गरेको प्रहरीले जनाएको छ । कुटपिट गर्दा एक जनाको घडी समेत उहाँको कोठामै फेला परेको प्रहरीको भनाइ छ । तीन जनाको संख्यामा आएका अपरिचत व्यक्तिले ढोका फोडेर एकाएक कुटपिट गरेको प्रशासकीय अधिकृत चन्दले बताउनुभयो । उनीमाथि ढोका फोडेरै कुटपिट गरिएको नगर प्रमुख पदम बडुवालले जानकारी दिनुभयो । कार्यपालिका भित्र सामान्य मतभेद रहेपनि आक्रमण नै गर्ने विवाद नभएकोले घटना बारे आफुलाई जानकारी नभएको बडुवालको भनाई छ । व्यक्तिगत विवाद केही नभएकोले नगरपालिकाको आन्तरिक विवादका कारण बडिमालिका नगरपालिका ८ का अध्यक्ष प्रकाश रावलको योजनामा आफुमाथि कुटपिट भएको हुन सक्ने अधिकृत चन्द्रले आशंका  गरेका छन । यता वडा अध्यक्ष रावलले आफुमाथि लगाइएको आरोप गलत भएको बताएका छन् । 
 

प्रतिक्रिया दिनुहोस