पत्रकारको तलब २५ प्रतिशत वृद्धि गर्ने मन्त्रिपरिषद्को निर्णय

आइतबार, २१ असोज २०७५, १४ : ३७
पत्रकारको तलब २५ प्रतिशत वृद्धि गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं– सरकारले श्रमजीवी पत्रकारको न्यूनतम तलब समायोजन गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले संञ्चार संस्थामा काम गर्ने पत्रकारलगायत सबै कर्मचारीको न्यूनतम तलब २५ प्रतिशत वृद्धि गर्ने निर्णय गरेको छ ।
वृद्धि भएको तलब कार्तिक १ गतेबाट लागू हुने सरकारका प्रवक्तासमेत रहेका गोकुल बाँस्कोटाले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा उल्लेख गरेका छन् । अब श्रमजीवि पत्रकारको न्यूनतम तलब २४ हजार ३ सय ७५ पुगेको छ । विगत ३ वर्षयता पत्रकारको तलब समायोजन हुन सकेको थिएन ।
 

प्रतिक्रिया दिनुहोस