काठमाडौं । आर्थिक वर्ष २०८०/८१ मा सवा १ लाखभन्दा बढी ऋणीलाई सवा १ खर्बभन्दा भन्दी सहुलियतपूर्ण कर्जा प्रवाह भएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार गत आर्थिक वर्ष २०८०/८१ मा १ लाख २० हजार २७७ ऋणीलाई १ खर्ब २६ अर्ब ८२ करोड कर्जा प्रवाह भएको हो ।
प्रवाह भएको कर्जामध्ये कृषि तथा पशुपंछी व्यवसायतर्फ ४६ हजार ३५६ ऋणीलाई ८६ अर्ब ९० करोड रहेको छ । ७१ हजार ८८३ महिला उद्यमीलाई ३८ अर्ब २९ करोड रकम महिला उद्यमशील कर्जा प्रवाह भएको छ ।
सहुलियतपूर्ण कर्जाका अन्य शीर्षकअन्तर्गत २ हजार ३५ ऋणीलाई १ अर्ब ६३ करोड कर्जा प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०२ भदौ २०८१, १४ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चालु खाता र शोधनान्तर उच्च बचतमा, १८ महिनाको आयात धान्ने मुद्रा सञ्चिति
नेपाल राष्ट्र बैंकले माग्यो कर्मचारी (सूचनासहित)
बैंकिङ प्रणालीबाट ६० अर्ब तरलता खिच्दै केन्द्रीय बैंक
नेपाल राष्ट्र बैंकले १०० रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्यायो
केन्द्रीय बैंकले उपदान कोषको तीन अर्ब ७० करोड लगानी गर्ने
बैंकिङ कारोबारका लागि आरटिजिएस प्रणाली खुला रहने