काठमाडौँ । साताको तेस्रो कारोबार दिन नेप्से सूचकमा ८ अंकको गिरावट आएको छ । लगातार उकालो यात्रामा रहेको नेप्से सूचकमा मंगलबार ८.१८ अंकको गिरावट आउँदै २९२३.४६ अंकमा झरेको हो ।
मंगलबार कारोबार समेत घटेर २१ अर्ब ५१ करोड ५० लाख रुपैयाँमा झरेको छ । ७० अंकमाथिले नेप्से सूचक बढेको अघिल्लो दिन २७ अर्बमाथिको कारोबार भएको थियो । मंगलबार १५७ वटा कम्पनीको सेयर मूल्य घट्दा ८० कम्पनीको मात्र बढेको छ । ६ वटा कम्पनीको मूल्य भने स्थिर रहेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
१३ वटा उपसूचकमध्ये बैंकिङ, फाइनान्स, इन्भेष्टमेन्ट, लाइफ इन्स्योरेन्स र ट्रेडिङ समूहको उपसूचक धनात्मक भएका छन् भने बाँकी ८ वटा उपसूचक ऋणात्मक भएका छन् ।
मात्रिभूमी लघुवित्त वित्तीय संस्था, पिपुल्स पावर लिमिटेड र डोटी पावर कम्पनीको सेयर मूल्यमा मंगलबार सकारात्मक सर्किट लाग्दा नेपाल फाइनान्सको सेयर मूल्य ९.९३ प्रतिशतले घट्न पुगेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ साउन २०८१, १५ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
असोज २ गतेसम्म सेयर कारोबार बन्द रहने
६१ प्रतिशत सेयरको मूल्य घट्दा पनि दोहोरो अंकले बढ्यो बजार, कारोबार १० अर्ब माथि