काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य बढेको छ भने चाँदी घटेको छ। शुक्रबार प्रतितोला एक हजार पाँच सय रूपैयाँ बढेको सुनको भाउ आज प्रतितोला सात सय रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४८ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४८ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।
आइतबार चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा घटेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार सात सय २० रूपैयाँमा काराबोर भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला एक हजार सात सय ३० रूपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ घटेको हो।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २४ सय ३२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ साउन २०८१, १२ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य ह्वात्तै घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
आज कति छ सुनचाँदीको मूल्य ?
सुनको मूल्य तोलामा १४०० रुपैयाँ घट्यो, कतिमा हुदैछ आजको कारोबार ?
सुनको मूल्य बढयो, चाँदी घट्यो
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्यमा नयाँ कीर्तिमान, कति पुग्यो तोलाको ?