एजेन्सी । ब्राजिलको साओ पाउलोमा विमान दुर्घटना भएको स्थानबाट सबै शवहरू फेला परेको अधिकारीहरूले पुष्टि गरेका छन्। शनिबार हताहत हुनेको सङ्ख्या ६२ मा परिमार्जन गरिएको थियो।
भोपास एयरलाइनद्वारा सञ्चालित ट्वीन इन्जिन टर्बोप्रप विमान भिन्हेडो सहरमा खसेको थियो । भोपासले यसअघि दक्षिणी राज्य परानाको कास्केभेलदेखि साओ पाउलो सहरको ग्वारुल्होस विमानस्थलका लागि उडान भरेको एटीआर ७२-५०० विमानमा ५७ यात्रु र चार जना चालक दलका सदस्य बोकेको बताएको थियो। तर पछि त्यहाँ थप एक यात्रु उडानमा रहेको पुष्टि भएको थियो।
सामाजिक सञ्जालमा सेयर भइरहेका भिडियोहरूमा एउटा विमान जमिनमा खसिरहेको देखिएको छ । विमान एक आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त भए पनि जमिनमा कोही पनि घाइते भएनन्। स्थानीय कन्डोमिनियम कम्प्लेक्समा रहेको एउटा घरमा मात्रै क्षति पुगेको अधिकारीहरूले बताएका छन्।
अधिकारीहरूका अनुसार ३४ जना पुरुष र २८ महिलाको शव सङ्कलन गरिएको छ । सबै शवहरूलाई साओ पाउलो सहरको एक शव गृहमा लगिएको छ, जहाँ तिनीहरूको पहिचान गरी परिवारहरूलाई हस्तान्तरण गरिनेछ । क्याप्टेन र फस्ट अफिसरको शव भने पहिले नै पहिचान भइसकेको छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, २७ साउन २०८१, ०८ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुडानमा विमान दुर्घटना, जनाको मृत्यु
अमेरिकी सेनाको विमानमा आक्रमण, क्षेत्रीय अस्थिरता बढ्यो
रुसी सैन्य विमान क्रिमियामा दुर्घटनाग्रस्त, २९ जनाको मृत्यु
कोलम्बियामा १२१ जना सवार सैनिक विमान दुर्घटना
विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको निधन
लिबियाका सेना प्रमुखको विमान दुर्घटनमा परी मृत्यु