एजेन्सी । ब्राजिलको साओ पाउलोमा विमान दुर्घटना भएको स्थानबाट सबै शवहरू फेला परेको अधिकारीहरूले पुष्टि गरेका छन्। शनिबार हताहत हुनेको सङ्ख्या ६२ मा परिमार्जन गरिएको थियो।
भोपास एयरलाइनद्वारा सञ्चालित ट्वीन इन्जिन टर्बोप्रप विमान भिन्हेडो सहरमा खसेको थियो । भोपासले यसअघि दक्षिणी राज्य परानाको कास्केभेलदेखि साओ पाउलो सहरको ग्वारुल्होस विमानस्थलका लागि उडान भरेको एटीआर ७२-५०० विमानमा ५७ यात्रु र चार जना चालक दलका सदस्य बोकेको बताएको थियो। तर पछि त्यहाँ थप एक यात्रु उडानमा रहेको पुष्टि भएको थियो।
सामाजिक सञ्जालमा सेयर भइरहेका भिडियोहरूमा एउटा विमान जमिनमा खसिरहेको देखिएको छ । विमान एक आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त भए पनि जमिनमा कोही पनि घाइते भएनन्। स्थानीय कन्डोमिनियम कम्प्लेक्समा रहेको एउटा घरमा मात्रै क्षति पुगेको अधिकारीहरूले बताएका छन्।
अधिकारीहरूका अनुसार ३४ जना पुरुष र २८ महिलाको शव सङ्कलन गरिएको छ । सबै शवहरूलाई साओ पाउलो सहरको एक शव गृहमा लगिएको छ, जहाँ तिनीहरूको पहिचान गरी परिवारहरूलाई हस्तान्तरण गरिनेछ । क्याप्टेन र फस्ट अफिसरको शव भने पहिले नै पहिचान भइसकेको छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, २७ साउन २०८१, ०८ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतले इजरायलसँग आकासमा इन्धन भर्ने ६ वटा विमान किन्ने
अमेरिकामा कार्गो विमान दुर्घटना, सात जनाको मृत्यु
हङकङ विमानस्थलमा कार्गो विमान समुद्रमा खस्यो, दुई जनाको मृत्यु
अमेरिकी हवाईअड्डामा विमान ठोक्किँदा भीषण आगलागी
अमेरिकामा विमान खस्यो, ४ जनाको मृत्यु
यात्रुले विमानलाई बमले उडाइदिने धम्की दिएपछि.....