जुम्ला । जुम्लामा पछिल्लो तीन वर्षको अवधिमा ९१ सवारीसाधन दुर्घटना भएका छन् । ती दुर्घटनामा परेर २८ जनाको मृत्यु भएको छ ।जिल्ला ट्राफिक कार्यालयका प्रहरी सहायक निरीक्षक केशवसिंह धामीका अनुसार आर्थिक वर्ष २०७८/७९ मा ३१, आव २०७९/८० मा २५ तथा आव २०८०/८१ मा ३५ सवारीसाधन दुर्घटनामा परेका थिए ।
तीन वर्षमा ६ ट्रक, चार बस, १६ जीप र कार तथा १५ ट्याक्टर दुर्घटनामा परेका थिए । यस्तै ३१ मोटरसाइकल र १८ अटोरिक्सा पनि दुर्घटनामा परेका थिए । ती सवारीसाधन दुर्घटना हुँदा ४३ जना गम्भीर घाइते तथा एक सय २७ जना सामान्य घाइते भएका प्रहरी सहायक निरीक्षक धामीले बताए ।
तीव्र गतिका कारणले सवारीसाधन बढी दुर्घटना हुने गरेका पाइएको छ । यस्तै, सडकको अवस्था, ट्राफिक नियम उल्लङ्घन, चालकको लापरबाहीका कारण पनि दुर्घटना बढी हुने गरेको छ । जिल्लामा पाँच वटा अस्थायी ट्राफिक पोष्ट छन् ।
पातारासी गाउँपालिकाको उर्थुमा एक, तिलाको रारालिहीमा दुई, तातोपानीको लिताकोटमा एक, हिमाको बड्कीमा एक तथा कनकासुन्दरीको गुठीज्युलामा एक ट्राफिक प्रहरी कार्यरत रहेको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, २४ साउन २०८१, १५ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सवारी दुर्घटनामा तीन जनाको मृत्यु
सवारी दुर्घटनामा तीन जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु
सवारी दुर्घटनामा तीन जनाको मृत्यु
देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु