वरिष्ठको उपाधिलाई न्यूनतम २५ वर्षको प्रावधान

सफल खबर संवाददाता

सोमबार, २१ साउन २०८१, ०७ : १८
वरिष्ठको उपाधिलाई न्यूनतम २५ वर्षको प्रावधान

काठमाडौ । वरिष्ठ अधिवक्ता उपाधिका लागि कम्तीमा २५ वर्ष पेसामा निरन्तर हुनुपर्ने प्रावधानसहित सरकारले नेपाल कानुन व्यवसायी परिषद् ऐन संशोधन विधेयक संसद्मा दर्ता गरेको छ । 

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाका तर्फबाट विधेयक दर्ता भएको छ ।

वरिष्ठ अधिवक्ता उपाधिका लागि हाल न्यूनतम १५ वर्ष पेसामा निरन्तर रहेको हुनुपर्ने व्यवस्था छ । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस