काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २५ सय अंक बिन्दुको नजिक पुगेर फर्किएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पाउने दिन नेप्से परिसूचक २५ सय अंक आसपास पुगेको थियो । तर, अन्तिम समयमा सामान्य ‘करेक्सन’ हुँदै परिसूचक ६० अंक बढेर बन्द भएको हो ।
कारोबारको मध्य समयतर्फ नेप्से परिसूचक २४ सय ९४ अंकसम्म पुगेको थियो । यद्यपि अन्तिम समयमा ६१.६१ अंकको वृद्धिसँगै आइतबार परिसूचक २४ सय ८८ दशमलव ९४ अंकमा पुगेर रोकिएको छ । यो २.४८ प्रतिशतको वृद्धि हो । यसक्रममा आइतबार १५ अर्ब २३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
आइतबार १८१ वटा कम्पनीको सेयर मूल्य बढेको छ । यस्तै ५६ कम्पनीको मूल्य घट्दा ५ कम्पनीको मूल्य स्थिर छ । परिसूचक उत्साहजनक रुपमा बढ्दा ९ वटा कम्पनीको सेयर मूल्य उच्च अंकले बढेको छ । यसमध्ये २ वटा कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लाग्दा ७ कम्पनीको मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ ।
आइतबार कारोबार भएका सबै १३ वटै समूहमा सुधार आएको छ । यसक्रममा सबैभन्दा धेरै होटल समूहको सूचक २५९ अंकले र व्यापार समूहको सूचक २३० अंकले बढेको छ । यस्तै उत्पादनमूलक उद्योग समूहको सूचक २१३ अंकले बढेको छ । यसबाहेक जीवन बीमा समूहको सूचक १७४ अंकले बढेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ साउन २०८१, १५ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
असोज २ गतेसम्म सेयर कारोबार बन्द रहने
६१ प्रतिशत सेयरको मूल्य घट्दा पनि दोहोरो अंकले बढ्यो बजार, कारोबार १० अर्ब माथि
सेयर बजार २७३४ अंकमा झर्यो, घट्यो कारोबार
नेप्से परिसूचक १३.३ अंकले घट्यो
प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो
प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो