चितवनमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

सफल खबर संवाददाता

आइतबार, ०६ साउन २०८१, १५ : ०१
चितवनमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत एक प्रहरी हवल्दारले रक्सी सेवन गरेर मोटरसाइकल चलाउँदा पैदल यात्री महिलालाई ठक्कर दिएर ज्यान गएको छ ।

भरतपुर २, आँपटारीमा शुक्रवार साँझपख साथीहरूसँग हिँडेकी ४२ वर्षीया सुष्मा श्रेष्ठलाई प्रहरी हवल्दार सूर्य न्यौपानेले चलाएको ना २१ प १७१५ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी भेषराज रिजालका अनुसार मोटरसाइकल अनियन्त्रित भएर पैदल यात्रुलाई ठक्कर दिएको हो ।ठक्कर दिएर गम्भीर घाइते भएकी श्रेष्ठको चितवन मेडिकल कलेजमा उपचारको क्रममा आइतबार निधन भएको हो ।

ठक्कर दिने चालक हवल्दार न्यौपानेको स्वास्थ्य जाँच प्रतिवेदनमा भरतपुर अस्पतालले अल्कोहल इन्फ्लुएन्स उल्लेख गरेको छ । यद्यपि, दुर्घटनामा चालक न्यौपाने समेत घाइते भएर टाउको, नाक र दाहिने खुट्टामा चोट लागि उपचार पछि डिस्चार्ज भएको डिएसपी रिजाल बताउँछन् ।

प्रतिक्रिया दिनुहोस