काठमाडौं । एसीसी महिला एसिया कप क्रिकेटमा नेपालले आज दोस्रो खेलमा बलियो प्रतिद्वन्द्वी पाकिस्तानको सामना गर्दैछ ।
नेपाल र पाकिस्तानबीचको खेल श्रीलंकाको डम्बुला मैदानमा आइतबार साँझ ७ः१५ बजे सुरु हुनेछ ।
नेपाल पहिलो जितले उत्साहित बनेको उच्च आत्मविश्वासका साथ आज मैदानमा हुनेछ ।
यसअघि नेपालले प्रतियोगिताको उद्घाटन खेलमा चिरपरिचत प्रतिस्पर्धी युएईलाई ६ विकेटले हराउँदै एसिया कपमा पहिलो ऐतिहासिक जित निकालेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ साउन २०८१, ०७ : ३२
लेखकबाट थप