काठमाडौँ । कैलालीको भजनी नगरपालिका–३ कुसमघाटबाट अवैध लागू औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ सय ६० मिलिग्रामसहित टिकापुर नगरपालिका–१ टिकापुर बस्ने ४० वर्षीय लेखराम चौधरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जनकपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१५ जमुनाहबाट अवैध लागू औषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम ७ सय ६० मिलिग्राम सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका–१० आदर्शनगर बस्ने ३७ वर्षीय विनम्र श्रेष्ठ र ३५ वर्षीय दिपेश क्षेत्री रहेका छन् ।
इलाका प्रहरी कार्यालय जमुनाह र लागू औषध नियन्त्रण ब्युरोबाट खटिएको संयुक्त प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको भे ५ प १२०८ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यता मोरङको बिराटनगर महानगरपालिका–९ शनिमन्दिरस्थित सडकबाट अवैध लागू औषध गाँजा करिब १९ किलोग्राम सहित धनकुटा सहिदभुमी गाउँपालिका–७ बस्ने ३८ वर्षीय जीवन राईलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँमा चेकजाँचको लागि खटिएको प्रहरीले प्र.–०२–०४७ प ४४६५ नम्बरको मोटरसाइकलमा सवार राईलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
त्यस्तै सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका(६ स्थित सडकबाट अवैध लागू औषध खैरो हेरोइन जस्तो देखिने करिब २ ग्राम र नियन्त्रित लागू औषध नाइट्राजेपाम २२ ट्याब्लेट र मोबाइल १ थान सहित इटहरी उपमहानगरपालिका–१९ अमाह टोल बस्ने २८ वर्षीय रितेश चौधरीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय लौकही र सशस्त्र प्रहरी बल बिओपि लौकहीबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागू औषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ साउन २०८१, १३ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
४ सय ७५ किलो गाँजासहित २ जना पक्राउ
विभिन्न कारागारबाट भागेका ७ जना कैदी झापाबाट पक्राउ
स्रोत नखुलेको नगद सहित तीन जना पक्राउ
७३० राउण्ड गोली सहित ८ जना पक्राउ
नख्खु कारागारबाट भागेका सञ्जय टक्ला पक्राउ
मोटरसाइकल चोरीमा संलग्न एकजना पक्राउ