काठमाडौ । एसीसी महिला एसिया कप-२०२४ अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले यूएईको सामना गर्दैछ।
श्रीलंकाको दाम्बुला क्रिकेट स्टेडियममा हुने खेल दिउँसो सवा २ बजेपछि सुरु हुनेछ। एसिया कपमा तेस्रो पटक सहभागी हुन लागेको महिला टोली सुखद् सुरुवात गर्ने योजनामा छ।
नेपालले यसअघि सन् २०१२ र २०१६ मा एसिया कप खेलेको थियो। यी दुवै संस्करणमा नेपाली टोलीले खराब प्रर्दशन गरेको थियो।
एसिया कपको तयारीका लागि नेपाली टोली दुई साता अघि श्रीलंका पुगेको थियो। जहाँ टोलीले तीन अभ्यास खेल खेलेको थियो। एक खेलमा जित निकाल्दा दुई खेलमा भने नेपाल पराजित भएको थियो।
समूह ‘ए’ मा रहेको नेपालले आफ्नो दोस्रो खेलमा नेपालले आइतबार पाकिस्तानविरुद्ध खेल्नेछ। समूह चरणको अन्तिम खेलमा मंगलबार भारतविरुद्ध खेल्नेछ।
समूह ‘बी’ मा बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्याण्ड रहेका छन्। दुई समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्।
नेपाली टोली
इन्दु वर्मा (कप्तान), रुविना क्षेत्री, सिता राना मगर, कविता कुँवर, सम्झना खड्का, कविता जोशी, काजोल श्रेष्ठ, पूजा महतो, डली भट्ट, विन्दु रावल, रोमा थापा, कृतिका मरासिनी, सबनम राई, राजमती ऐरी।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ साउन २०८१, १० : ५३
लेखकबाट थप