चितवन विशेष

चितवनमा पुर्व प्रधानमन्त्री प्रचण्डको क्रेज

सोमबार, २० कार्तिक २०७४, १३ : ५९
चितवनमा पुर्व प्रधानमन्त्री प्रचण्डको क्रेज

चितवन । पुर्व प्रधानमन्त्री पुष्पकमल दहाल चितवन आउनु ठुलो कुरा होईन् । प्रया गृह जिल्ला चितवन आए सगै प्रचण्डले केहि नया“ कुरा बोल्ने गर्दछन । त्यसैले प्रचण्ड चितवन आए पछि सबै ध्यान चितवन तिरै तानिन्छ । चितवन यस्तो ठाउँ हो जहा“ हरेक नेपाली राजनीति परिवर्तनको लागि अभियानको आरम्भ हुने गरेका छन । चाहे पञ्चायतको विरुदको अभियान ,०४६ सालको जनआन्दोल होस वा ०६२/०६३ को नै किन नहोस् । चितवनलाई परिवर्तनको उदगम स्थल मान्निछ ।


नेपालमा गणतन्त्रको घोषणा भए पछि २ कार्यकाल प्रधानमन्त्रि भएका प्रचण्ड नेपाली राजनीतिको अभिभावकको भुमिकामा छन् । उनी अहिले चितवन क्षेत्र नं ३ को प्रतिनिधीसभा उम्मेदवार हुन् । कात्तिक १६ गते मनोनयका लागि चितवन आएका प्रचण्ड ४ दिनसम्म चुनाबी प्रचारप्रसारमा व्यस्त रहे । मनोनय पछि उनले भरतपुर गेष्ट हाउस चौरमा संयुक्त बाम गठबन्धनको सभालाई सम्बोधन , माडीमा दिवाकर तिर्थमाया स्मृती पुरुष भलिबल प्रतियोगिताको उद्घाटन ,बाम गठबन्ध क्षेत्र नं ३ को सम्पर्क कार्यालयहरुको उद्घाट ,प्रचण्ड विजय अभियानको उद्घाटन गरे ।


यस बिचमा उनका बाल्यकालका साथीसग पनि भेटघाट गरेका थिए । पुर्व प्रधानमन्त्री प्रचण्डले ४ दिनमा अन्य पार्टीका करिब २ हजार भन्दा बढी कार्यकर्तालाई पाटी प्रवेश गराए । प्रचण्ड क्षेत्र नं ३ मा उम्मेदवारको रुपमा आए सगै चितवनको राजनीतिले नया“ मोड लिएको छ । प्रचण्डको उम्मेदवारी पछि राप्रपा चितवनका अध्यक्ष सहितको टोली माओवादी केन्द्र मा प्रवेश गरे । नयाँ शक्ति नेपालका ३ जना केन्द्रिय सदस्य सहितको टिम पनि माओवादी केन्द्र मा प्रवेश ग¥यो । यसले चितवनको राजनीतिमा नया“ तरङग पैदा गरेको छ ।


गृह जिल्ला चितवन भएपनि अन्य ठाउँ बाट चुनाव लड्दै आई रहेका उनी यस पटक आफ्नै ठाउँ बाट उम्मेदवारी दिएका छन । देशकै नेतृत्व सम्हालि सकेका प्रचण्डले चितवन क्षेत्र नं ३ मा जिते चितवनकै विकास हुने आशा गरिएको छ । उनले चितवनको विभिन्न क्षेत्रमा पुगेर स्थान विशेष विकास निमार्णको घोषणा गरेका छन् । ४ दिने जिल्ला बसाईले उनको पक्ष्ँमा जनलहर सिर्जना भएको छ । यसले उनको जितलाई थप मजबुद बन्दै गएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस