काठमाडौँ। रात्रिबस सञ्चालनमा रोक लगाउने सम्बन्धमा गृह मन्त्रालयले यातायात व्यवसायीसँग छलफल गर्ने भएको छ । शुक्रबार बिहान दुई वटा बस त्रिशूलीमा खसेको प्रशंगलाई लिएर मन्त्रालयले अन्य दुर्घटनाको जोखिम न्यूनीकरणका लागि भन्दै रात्रिबस तत्कालका लागि बन्द गर्न व्यवसायीसँग छलफल गर्न लागेको हो ।
मन्त्रालयका विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख डा.भीष्मकुमार भुसालका अनुसार व्यवसायीसँगको छलफलपछि एउटा निष्कर्षमा पुगिने छ ।
उनले भने, ‘लागातारको वर्षापछि हाम्रा राजमार्गहरूमा बाढीपहिरो बढ्न थाल्यो, यसले यात्रा थप जोखिमपूर्ण हुने देखिएपछि व्यवयायीसँग हामीले छलफल गर्न लागेका हौं।’शुक्रबार बिहान काठमाडौंबाट गौर जान लागेको र बिरगंजबाट काठमाडौं आउँदै गरेको दुई वटा बस चितवनको सिमलताल भन्ने ठाउँमा त्रिशूलीमा बेपत्ता भएको थियो ।
दुवै बसमा यात्रुसहित ५४ जना बेपत्ता छन् । अहिले त्रिशुलीमा सेना, प्रहरी र सशस्त्र प्रहरीको टोलीले गोताखोरको माध्यमबाट बेपत्ता बस र यात्रुको खोजी गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ असार २०८१, ११ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन तयारीबारे आयोग र गृह मन्त्रालयबीच छलफल
सीडीओहरूलाई गृह मन्त्रालयको १० बुँदे सर्कुलर
गृह मन्त्रालयले ओली र दाहालका मापदण्ड विपरीतका सुरक्षाकर्मी फिर्ता बोलायो
अध्यागमन र भिजिट भिसा प्रकरणको प्रतिवेदन गृह मन्त्रालयमा पठाउने निर्णय
विरोधका कार्यक्रम शान्तिपूर्ण ढङ्गबाट गर्न गृह मन्त्रालयको आग्रह
फरार अभियुक्त पक्राउ गर्न गृह मन्त्रालयले बढायो सक्रियता