काठमाडौँ। रात्रिबस सञ्चालनमा रोक लगाउने सम्बन्धमा गृह मन्त्रालयले यातायात व्यवसायीसँग छलफल गर्ने भएको छ । शुक्रबार बिहान दुई वटा बस त्रिशूलीमा खसेको प्रशंगलाई लिएर मन्त्रालयले अन्य दुर्घटनाको जोखिम न्यूनीकरणका लागि भन्दै रात्रिबस तत्कालका लागि बन्द गर्न व्यवसायीसँग छलफल गर्न लागेको हो ।
मन्त्रालयका विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख डा.भीष्मकुमार भुसालका अनुसार व्यवसायीसँगको छलफलपछि एउटा निष्कर्षमा पुगिने छ ।
उनले भने, ‘लागातारको वर्षापछि हाम्रा राजमार्गहरूमा बाढीपहिरो बढ्न थाल्यो, यसले यात्रा थप जोखिमपूर्ण हुने देखिएपछि व्यवयायीसँग हामीले छलफल गर्न लागेका हौं।’शुक्रबार बिहान काठमाडौंबाट गौर जान लागेको र बिरगंजबाट काठमाडौं आउँदै गरेको दुई वटा बस चितवनको सिमलताल भन्ने ठाउँमा त्रिशूलीमा बेपत्ता भएको थियो ।
दुवै बसमा यात्रुसहित ५४ जना बेपत्ता छन् । अहिले त्रिशुलीमा सेना, प्रहरी र सशस्त्र प्रहरीको टोलीले गोताखोरको माध्यमबाट बेपत्ता बस र यात्रुको खोजी गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ असार २०८१, ११ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सि चिनफिङको पुस्तक जलाउने घटनामा छानबिन गरी दोषीमाथि कारवाही गर्न गृहको निर्देशन
इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय
गृह मन्त्रालयको नियन्त्रण कक्षबाट देशभरको निर्वाचन सुरक्षा गतिविधि अनुगमन
निर्वाचनको सम्पूर्ण तयारी पूरा : गृह मन्त्रालय
विवादमा तानिँदै घन्टी पार्टी, वालेन्द्र साहको नागरिकता विवरणबारे छानबिन गर्न गृह मन्त्रालयमा उजुरी
निष्पक्ष र निर्भीक भई आचारसंहिता अनुगमन गर्न सहायक प्रजिअलाई गृह मन्त्रालयको निर्देशन